हामीले ६ महिनाको समय दिएर मन्त्री पठाएका हौँ, विवाद छैन : प्रवक्ता खतिवडा

|
फाइल फोटो

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले छिट्टै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेको छ।

बिहीबार बसेको सचिवालयले बैठकको निर्णय सुनाउँदै प्रवक्त जगन्नाथ खतिवडाले भने, ‘दिनमा होइन अब घण्टामै हाम्रा मन्त्री फेरिने अवस्थामा गइसकेको छ। पार्टीको निर्णय कार्यान्वय गर्नुपर्छ भन्ने नै अन्तिम शर्त हो। व्यक्तिगत छलफलमा कहाँ कसले छलफल गर्यो भन्ने कुरा हुँदैन। पार्टीले गरेको निर्णय नै कार्यान्वय हुन्छ।’

मन्त्रिपरिषद् हेरफेरपछिको बिषयमा पार्टीमा कुनै विवाद नभएको उनले बताए। सुरुमै ६ महिनाको समय दिएर मन्त्रीहरुलाई पठाएको उनले बताए। मन्त्री हेरफेरको बिषयमा असन्तुष्ट भएर कसैले पनि विद्रोह गर्ने अवस्था नभएको उनको दाबी छ।  

एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्री विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हीरा केसीलाई पठाउने निर्णय गरेको थियो। 

हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्री बनाउने निर्णय थियो। तर माधव नेपालले निरन्तर ताकेता गर्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णय कार्यान्वयनमा आलटाल गरिरहेका छन्।

उनले आगामी निर्वाचनमा कसरी जाने भन्ने बिषयमा केन्द्रित रहेर पोलिटब्युरो, केन्द्रिय कमिटी, केन्द्रिय परिषद्को बैठकमा छलफल हुने समेत बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.