|

रौतहट : भारतको सीमावर्ती जिल्ला रौतहटमा पछिल्लो समय विद्यार्थीहरू नै लागुऔषधको कुलतमा फस्‍न थालेका छन्। सीमाबाट जिल्लामा लागुऔषध सहजै भित्रने गरेका कारण विद्यालय जाने उमेरका बालबालिकाहरु लागुऔषधको कुलतमा फस्दै गएका हुन्।

रौतहटका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू लागुऔषधको कुलतमा फस्दै गएको एक तथ्यांकले देखाएको छ। लागुऔषध तथा एचआइभी एड्सको क्षेत्रमा काम गर्दै आएको विद्यार्थी जागारण मञ्च (विजाम) का अनुसार रौतहटमा कक्षा ९ देखि कक्षा ११ र १२ मा अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीहरू कुलतमा फस्दै गएको पाइएको हो।

विगत लामो समयदेखि ग्लोबल फण्ड÷सेभ द चिल्ड्रेनको सहयोगमा सो संस्थाले लागुऔषध तथा एचआईभी रोकथामको क्षेत्रमा काम गर्दै आएका छन्।

सो संस्थाकी रौतहट जिल्ला कार्यक्रम संयोजक शोनी मल्लीकले जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा अध्यानरत विद्यार्थीहरु विस्तारै लागुऔषधको सेवनको कुलतमा फंस्दै गएको बताइन्। जिल्लाका सामुदायिक विद्यालयमा अध्ययन गर्ने ७ सय ५९ जना विद्यार्थी लागुऔषधको कुलतमा फसेको पाइएको मल्लिकले भनिन्।

जिल्लाको चन्द्रपुर नगरपालिकाका सामुदायिक तथा निजी विद्यालयमा गरेर ७९ जना ९ र १० मा पढने विद्यार्थी लागुऔषधको कुलतमा रहेको सो संस्थाले जानकारी दिए।

त्यसैगरी, ईशनाथ नगरपालिकामा ४६ जना, कटहरिया नगरपालिकामा ४२ जना, गढीमाई नगरपालिकामा ४४ जना, गरुडा नगरपालिकामा ५६ जना ,गुजरा नगरपालिकामा ५१ जना गौर नगरपालिकामा ३८ जना दुर्गा भगवती गाउपालिकामा २५ जना देवाही गोनाही नगरपालिकामा ३५ जना ,परोहा नगरपालिकामा ४१

जना ,फतुवा बिजयपुर नगरपालिकामा ४० जना, बृन्दावन नगरपालिकामा ४७ जना, बौधिमाई नगरपालिकामा ४ जना, माधव नारायण नगरपालिकामा ३९ जना, मौलापुर नगरपालिकामा २९ जना ,यमुनामाई गाउँपालिकामा २६ जना ,राजदेवी नगरपालिकामा ३४ जना र राजपुर नगरपालिकामा रहेका समुदायिक विद्यालयमा अध्यानगर ४५ जना विद्यार्थी लागुऔषधको कुलतमा फंसेको तथ्याङक सो संस्थाले एक तथ्याङ्क सार्वजनिक गरेको छ।

विद्यालय जाने उमेरमा लागु औषधको कुलतमा फसेका विद्यार्थीहरुले सुईका माध्यमबाट विभिन्न प्रकारको लागुऔषध र कोरेक्स नामको लागुऔषध प्रयोग गर्नै गरेको विद्यार्थी जागरण मञ्चको  कार्यालयले जानकारी दिएको छ।

सो संस्थाले चन्द्रनिगाहपुरमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबीच एक कार्यक्रम गरेर विद्यार्थीहरुलाई कुलतबाट फस्न रोक्नका लागि छलफलसमेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.