|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ४९ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयको विवरणअनुसार २ हजार ४९४ जनामा गरिएको परीक्षणमा ४९ जना संक्रमित भेटिएका हुन्। 

आज १२ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर १ हजार ६३ जना सक्रिय संक्रमित रहेका छन्।

मन्त्रालयको विवरणअनुसार हालसम्म नेपालमा ९७ प्रतिशत जनसंख्याले कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने ८६ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.