|

न्यूयोर्क : मिडिया टाइकुन रूपर्ट मर्डोक र अभिनेत्री जेरी हलले सम्बन्धविच्छेद गर्न लागेका छन्। न्यूयोर्क टाइम्सले यसको खुलासा गरेको छ।

उनीहरू आफ्नो ६ वर्ष लामो वैवाहिक जीवनलाई टुंग्याउन चाहन्छन्। सम्बन्ध विच्छेदका लागि छिटै निवेदन दिन सक्ने बताइएको छ। ९१ वर्षीय मर्डोकले सन् २०१६ मा अभिनेत्री हलसँग लण्डनमा बिहे गरेका थिए। यो उनको चौथो बिहे थियो। उनको पहिलो बिहे ६६ वर्षअघि प्याट्रिसिया बुकरसँग भएको थियो। बुकरसँग उनको गृहस्थी करिब १२ वर्ष चल्यो।

त्यसै वर्ष उनले अन्ना मारिया टोर्भसँग दोस्रो विवाह गरे। यो बिहे सन् १९६७ देखि १९९९ सम्म चल्यो। मिडिया टाइकुन उनले सन् १९९९ मा वेन्डी तङसँग तेस्रो विवाह गरे, जुन २०१३ सम्म चल्यो।  मर्डोकले २०१६ मा जेरी हलसँग विवाह गरेका थिए।  फक्स न्यूज च्यानलको अभिभावक कम्पनी न्यूजकर्पका सीइओ र अध्यक्ष रूपर्ट मर्डोकले चौथो विवाहमा खुशी व्यक्त गरेका थिए।

हलसँग विवाह गरेपछि मर्डोकले खुशी व्यक्त गर्दै ट्वीट गर्दै लेखेका थिए, ‘आगामी १० दिनसम्म म कुनै पनि ट्वीट गर्दिनँ। आफूलाई संसारको सबैभन्दा भाग्यमानी र खुसी व्यक्ति महसुस गरेको छु।’

यस्तो अवस्थामा रूपर्ट मर्डोकका तर्फबाट सम्बन्धविच्छेदको निर्णयले उनका समर्थक दुखित छन्। फोर्ब्स पत्रिकाका अनुसार मर्डोक १४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक हुन्। यस्तो अवस्थामा उनीहरूको सम्बन्धविच्छेद संसारकै सबैभन्दा महँगो सम्बन्धविच्छेद हुन सक्ने आँकलन गरिएको छ। 

 उनका अस्ट्रेलिया न्यूज लिमिटेड ग्लोबल मिडिया कम्पनी न्यूज कर्पोरेशन र  न्यूज कर्पोरेशन संसारको दोस्रो ठूलो मिडिया कम्पनीका रूपमा परिचित छन्।

उनी अस्ट्रेलिया‚ न्यूजील्याण्ड‚ बेलायत र अमेरिकी सञ्चारमाध्यमका बादशाह मानिन्छन्। द वाल स्ट्रीट जर्नल र हार्परकलिन्स जस्ता कम्पनी न्यूज कर्पोरेशन अन्तर्गत पर्छन्। दुई दशकअघि नै उनी ५० देशका ८०० कम्पनीका मालिक बनिसकेका थिए। भनिन्छ‚ उनी वाल द वाल स्ट्रीट जर्नल मार्फत अमेरिकी र स्टार इण्डियामार्फत भारतीयको सोच निर्माण गर्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.