|

सुर्खेत : जाजरकोटको नलगाड नगरपालिकाले ६० वर्ष माथिका विधुर पुरुषलाइ भत्ता दिने निर्णय गरेको छ। आजको कार्यपालिकाको बैठकबाट यो निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए।

आगामी आर्थिक वर्षदेखि त्यो लागू हुने छ। पछिल्लो समयमा यहाँ छोराले बुहारी ल्याउने वित्तिकै बुढाबुढीलाई अलग्गै राख्ने प्रचलन बढेको छ। जसले उनीहरु बिचल्लीमा परेको देखिन्छ।

अहिले एकल महिलासँगै एकल पुरुषले पनि समस्या भोगिरहेका धेरै घटना सार्वजनिक भएका छन्। एकल पुरुषका समस्या बुझेर विधुर भत्ता उपलब्ध गराउन थालिएको नगरप्रमुख डम्बर  रावतले बताए।

नगरपालिकाको नयाँ जनप्रतिनिधिको पहिलो बैठकले सो निर्णय गरेको थियो। त्यस्तै बैठकले गर्भवती र सुत्केरीलाई निशुल्क रुपमा यातायात सेवा उपलब्ध गराउने निर्णय समेत गरेको छ। नगरपालिकाको एम्बुलेन्स सेवा अब सुत्केरी तथा गर्भवतीहरुका लागि निशुल्क रुपमा प्रयोग हुने भएको हो।

आर्थिक अभावकै कारण धेरै महिलाहरुले सुत्केरी हुन नसकेर समस्या भोगिरहेको भन्दै यस्तो निर्णय गरिएको अधिकृत गिरीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.