|

काठमाडौं : उच्च अदालत पाटनबाट १० लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले २०७८ चैत ७ गतेको फैसलाअनुसार चार दिन कैद सजाय र बिगोबमोजिम  १० लाख १२ हजार जरिवाना ठहर भएका रामेछाप लिखु गाउँपालिका घर भई काठमाडौँको कोटेश्वर बस्ने २८ वर्षीय अरुण खड्कालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले खड्काले प्रभु बैंक लिमिटेड कोटेश्वर शाखाको आफ्नो खातामा पर्याप्त मौज्दात नभई चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेकाले अदालतको आदेशअनुसार उनलाई कोटेश्वरबाट पक्राउ गरेको जानकारी दिए।

पक्राउ परेका खड्कालाई उच्च अदालतले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम कैद तथा जरिवाना हुने फैसला सुनाएको थियो। प्रहरीले उनलाई फैसला कार्यान्वयनका लागि बिहीबार नै ललितपुर जिल्ला अदालत पेश गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.