|

काठमाडौं : ललितपुर महानगरपालिकामा शुक्रबारदेखि बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप लगाइँदैछ। पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई फाइजरको पहिलो मात्रा गलाउन लागिएको हो।

विद्यालय वा आफूलाई पायक पर्ने वडाको स्वास्थ्य संस्थामा गएर बालबालिकालाई खोप लगाउन महानगरले सूचनामार्फत आग्रह गरेको छ। यही १५ गतेसम्म सञ्चालन हुने खोप कार्यक्रम बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म लगाइने महानगरले जनाएको छ। शनिबार भने खोप लगाइने छैन। ​

शुक्रबार ललितपुर महानगरको वडा नम्बर १, २ र ३ मा खोप लगाइँदैछ।

सरकारले बिहीबारदेखि २७ जिल्लाका बालबालिकालाई फाइजरको पहिलो मात्रा दिन थालेको हो। खोप कार्यक्रम १५ गतेसम्म सञ्चालन हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.