|

काठमाडौं : एसीसी महिला टि–२० च्याम्पियनसिपको फाइनल प्रवेशका लागि हुने नेपाल र युएईबीचको खेल वर्षाले प्रभावित भएको छ।

नेपाली समय अनुसार आज विहान सवा ८ बजे सुरु हुनु पर्ने खेल वर्षाले प्रभावित भएको हो। पानी परेर मैदान भिजेपछि अहिले टस समेत हुन सकेको छैन्। यस अघि बहराइनसँग भएको खेलमा पनि वर्षा बाधक हुँदा खेल सात ओभरमा झारिएको थियो। त्यो खेलमा नेपाल विजयी भएको थियो। 

यूएई समूह ’ए’को विजेता हो भने नेपाल भने समूह ‘बी’को उपविजेता टोली हो।  यूएईले ४ खेलमा ७ अंक जोडेको थियो भने मलेसिया ६ अंक जोडेर समूह उपविजेता बनेको थियो।

समूह ‘बी’मा नेपालले ४ खेलमा ६ अंक जोडेको थियो। यो समूहबाट हङकङ ८ अंक जोडेर समूह विजेता बनेको थियो। अर्को सेमिफाइनलमा आजै हङकङ र मलेसियाबीच प्रतिस्पर्धा गर्नेछन्। 

च्याम्पियनसिपको फाइनल भोलि हुनेछ। फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.