|

काठमाडौं : भरतपुर प्रादेशिक अस्पताललाई काठमाडौंस्थित ईश्वर मन्दिर संस्थाले चिकित्साजन्य उपकरण हस्तान्तरण गरेकोे छ। 

विभिन्न संवेदनशील रोगको रगत परीक्षण गर्ने दुई थान ईलेक्ट्रोलाइट एनालाइजर उपकरण अष्ट्रेलियामा कार्यरत नेपालीहरुको संस्था अम्याजिङ प्यारेन्टसले उपलब्ध गराएको हो।

उपकरण हस्तान्तरण कार्यक्रममा पूर्वअर्थमन्त्री तथा ईश्वर मन्दिरका संरक्षक शंकरप्रसाद कोइरालाले स्वास्थ्य सेवाको हबका रुपमा रहेको भरतपुर अस्पताललाई उपकरण दिन पाउँदा खुसी लागेको र यसले विपन्न वर्गको स्वास्थ्य सेवामा सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

उनले सरकारी विद्यालयमा ई लर्निङ अभियान शुरु गरेको संस्थाले अब शिक्षा र स्वास्थ्यलाई एकसाथ अघि बढाउने जानकारी दिए।  भरतपुर अस्पताल व्यवस्थापन समिति अध्यक्ष डा. भोजराज अधिकारीले ३५ लाख जनसंख्यालाई स्वास्थ्य सेवा दिइरहेको अस्पतालका लागि उपकरण उपयोगी हुने बताए। उनले सेवाका क्षेत्रमा अस्पताल सहकार्य गर्न तयार रहेको स्पष्ट पारे।

अस्पताल प्रमुख प्रा.डा. कृष्णप्रसाद पौडेलले दैनिक दुई हजार बढी रोगीहरुको चाप रहने भरतपुर अस्पतालको विकासमा सहयोगी हातहरुको उदारता प्रशंसनीय रहेको बताए। 

संस्थाका अध्यक्ष प्रमेश केसी र स्वयंसेवी आरोहणनरसिंह खड्काले संस्थाको गतिविधि अब दुर्गम क्षेत्रमा केन्द्रित गर्ने बताए। उनले अब ईश्वर मन्दिर र अम्याजिङ प्यारेन्टसको सहकार्यमा शिक्षा र स्वास्थ्यका गतिविधि सञ्चालन गरिने जानकारी दिए।​ ईलेक्ट्रोलाईट एनालाईजर उपकरणको बजार मूल्य १० लाख पर्ने जनाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.