|

काठमाडौं :  नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले शहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई हिजो मुखमा लगाएको टेप खोलि खोली स्टन्ट मारेर गरेको भाषण त केवल खोक्रो आदर्श बाहेक के हुन सक्छ त? भन्दै प्रश्न गरेका छन्।

पराजुलीले सामाजिक सञ्जालमा मन्त्री बाहेक पनि जीवन जगत छ भन्ने बुझ्नुपर्ने बताएका छन्। 'एक थान मन्त्री त तपाईले हिजो बोकेको मुल्य मान्यता बाँचेमा कति हो कति, धेरै पटक मन्त्री, त्यो भन्दा माथि प्रधानमन्त्री बन्ने अवसर नै आउँछ', उनले लेखेका छन्।

गत जेठ १७ गते एकीकृत समाजवादीको सचिवालय बैठकले पर्यटनमन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य मन्त्री विरोध खतिवडालाई फिर्ता गर्ने निर्णय लिएको थियो। 

 पार्टीको निर्णय नमान्ने भन्दै मन्त्रीहरु रुष्ट छन्। पार्टीको निर्णय नमानेका मन्त्रीहरूको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। बिहिबार पार्टी अध्यक्ष माधव नेपाल निवास कोटेश्वरमा मन्त्री फेर्ने विषयमा नेपाल र झाक्रीबीच चर्काचर्की भएको थियो।

पराजुलीले लेखेको स्टाटस

'म नै राज्य हु ' भन्ने भनाई इतिहासमा फ्रान्सिली राजा लुई चौधौ को सुनिथ्यो तर आजभोलि 'म नै मन्त्री ,मन्त्री नै म' भन्ने भनाई पनि सुनिन थालियो।

म के का लागि जन्मेको हो भने मन्त्री बन्नका लागि मात्र त्यो बाहेक मेरो केहि छैन। मेरो अन्तिम ध्येय मन्त्री नै हो। मन्त्री बने पछि /भए पछि गर्ने भनेको माफिया दलालको सेटिङमा काम गर्ने कमाउने बाहेक अरु नसोच्ने यस्तो उद्देश्य केवल मेरा लागि भन्ने भावना भएकाहरूबाट क्रान्ति समाजवाद भन्ने त कल्पना मात्र हो ।

अनि हिजो मुखमा लगाएको टेप खोलि खोलि स्टन्ट मारि मारि गरेको भाषण त केवल खोक्रो आदर्श बाहेक के हुन सक्छ त? तर तपाईले बोकेको मुल्य मान्यता सिद्धान्त मरेमा वा सकिएमा इतिहासमा गोरे बहादुर खपाङी, बद्री मण्डल, टंक ढकाल पनि मन्त्री नै थिए हेक्का होला नि?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.