|

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले बिहान १० बजेको लागि तोकेको ११ औ नगरसभा अझै सुरु हुन सकेको छैन।

बैठक सञ्चालन कार्यविधि संशोधनको माग राख्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनीधिहरुले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा नगरसभा सुरु हुन नसकेको हो।

असार ७ गते बसेको कार्यपालिका बैठकमा एमालेले उक्त प्रस्ताव गरेको थियो। आफूले गरेको प्रस्तावलाई मेयरसहित अन्य जनप्रतिनीधिे अस्विकार गरेपछि एमालेको बहुमत प्रतिनीधिहरु बैठकबाट बाहिरिएका थिए। एमालेले संशोधन गर्न गरेको प्रस्तावमा बैठकको निर्णय सामान्यतया सर्वसम्मतिबाट हुने भएपनि मत विभाजन हुने अवस्थामा बैठकमा बहुमत सदस्यको निर्णय बैठकको निर्णय मानिनुपर्ने उल्लेख गरेको छ।

एमालेले बैठक बहिष्कार गरेपछि हेटौँडा उपमहानगरपालिकाको कार्यपालिकाले अल्पमतमै आगामी आर्थिक वर्ष २०७९÷८० को नीति, कार्यक्रम तथा बजेट नगर सभामा पेश गर्ने निर्णय गरेको थियो। तर,बहुमत सदस्यहरुको हष्ताक्षर नभएपछि शुक्रबार बोलाइएको नगरसभा सुरु हुन सकेको छैन।

एमालेबाट निर्वाचित जनप्रतिनिधि हलमा प्रवेश नगरी बाहिरै बसिरहेका छन्। उनीहरुले उपस्थिति पुस्तिकामा हस्ताक्षर पनि गरेका छैनन्। कुल ९७ नगरसभा सदस्यमध्ये नेकपा एमालेका ५४ जना रहेका छन्। बहुमत नगरसभा सदस्य बाहिर बसेका छन् भने मेयर मीना कुमारी लामा र उपमेयर राजेश बानियाँ उनीहरुलाई फकाउन छलफलमा छन्।

बागमती प्रदेशको एक मात्रै उपमहानगर हेटौंडाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब ७० करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ।  ७९ लाख बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। अनुमान गरिएको खर्च व्यहोर्ने आन्तरिक स्रोतबाट ९४ करोड ३६ लाख, राजस्व बाँडफाँटबाट ५८ करोड ९३ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट ९ करोड ५८ लाख, संघीय सरकारको अनुदानबाट १ अर्व ६ करोड ९५ लाख व्यहोरीने गरी तयारी गरिएको बुझिएको छ।

अन्य आय र संघसंस्था अनुदानबाट १ करोड ९६ लाख व्यहोरिने गरी बजेट ल्याउने तयारी भएको आन्तरिक स्रोतले जनाएको छ।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.