|

विराटनगर : विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजार रुपैयाँको बजेट पेश गरेको छ। महानगरको दशौं अधिवेशनको क्रममा शुक्रबार उपप्रमुख शिल्पा निराला कार्कीले बजेट सार्वजनिक गरेकी हुन्।

चालू आर्थिक वर्षका लागि महानगरपालिकाको बजेट ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको आयव्यय प्रस्तुत गरेको थियो तर उक्त बजेटको आधा पनि खर्च र आम्दानी हुन नसकेको महानगरले जनाएको छ। चालू वर्षको संशोधित अनुमान २ अर्ब ३२ करोड ८१ लाख १६ हजार छ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा आम्दानीतर्फ संघीय सरकारबाट वित्तीय हस्तान्तरण भई आउने ४५ करोड ६८ लाख, प्रदेश सरकारबाट २ करोड ६१ लाख ९७ हजार, राजस्व बाँडफाँडबाट मूल्य अभिवृद्धि कर अन्त शुल्क २१ करोड १७ लाख २९ हजार, घरजग्गा रजिष्ट्रेशनबाट ८८ करोड ८२ लाख ९३ हजार, सवारीसाधन कर प्रदेशबाट प्राप्त हुने ३ करोड ९९ लाख ४७ हजार रहेको छ।

 यस्तै सशर्त अनुदान संघीय सरकारबाट ७२ करोड १७ लाख, प्रदेश सरकारबाट ९० लाख, समपूरक अनुदान प्रदेश सरकारबाट १ करोड ४० लाख, जिससबाट करोड, करुणा फाउन्डेशनबाट ९० लाख, युएनएफपिए आइपास सिएमसीबाट २० लाख, सडक बोर्डबाट १ करोड ५० लाख, विशेष अनुदान ४० करोड, आन्तरिक राजस्व १ अर्ब, जनसहभागिता ८ करोड र नगर विकास कोषबाट ऋण १० करोड १९ लाख रुपैयाँ आम्दानीको अनुमान गरिएको छ।

व्ययतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च ६१ करोड ३५ लाख ५० हजार, समपूरक कार्यक्रमतर्फ ४७ करोड २० लाख, सहकारी, उपभोक्ता हित संरक्षण, पर्यटन प्रवर्धन, उद्यमशीलता विकास, पशुपक्षी तथा भेटेरिनरी र कृषि विकासका लागि १३ करोड ८० लाख, सामाजिक विकासका लागि १५ करोड ९६ लाख, पूर्वाधार विकास कार्यक्रमका लागि १ अर्ब ७० करोड ९८ लाख, १७ हजार, वन वातावरण तथा विपद् व्यवस्थापनका लागि ३ करोड ५५ लाख, सुशासन तथा संस्थागत विकासका लागि ४ करोड ३५ लाख खर्चको अनुमान गरिएको छ।

यस्तै व्ययतर्फकै समपूरक विशेष सशर्त ऋण तथा संघसंस्थाको कार्यक्रमको कुल खर्च १ अर्ब २६ लाख रुपैयाँ अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.