|

काठमाडौं : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट  सार्वजनिक गरेको छ। शुक्रबार  नगरसभामा उपप्रमुख सुनिता डंगोलले बजेट पेश गरेकी हुन्। 

नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकारी  दिइन्। यो कुल बजेटको २० प्रतिशत हो।

त्यसैगरी, महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ। जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.