|

काठमाडौं :  शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री परिवर्तन भए शहरी विकासका नयाँ नीतिहरू शून्यबाट निर्माण गर्नुपर्ने बताएकी छन्।

शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा काठमाडौं उपत्यका विकास प्राधिकरणको वर्तमान अवस्था विषय छलफलमा बोल्दै मन्त्री झाँक्रीले शहरी विकासका लागि ड्राफ्ट भएका सबै नयाँ नीतिहरू मन्त्री परिवर्तन भए शून्यबाट बनाउन शुरु गर्नुपर्ने बताएकी हुन्।

उनले मन्त्री फेरिँदा के भइरहेको कुरा जानकारी नहुने भन्दै सरकार परिर्वतन हुँदा नयाँ सहमति, योजना र नीति बनाएर शून्यबाट काम शुरु गर्नुपर्ने अवस्था रहेको बताइन्।

'सरकारका मन्त्री फेरिएर के भएको छ थाहा छैन। सरकार फेरियो भने नयाँ सहमति,नयाँ योजना र नयाँ नीति हुने भएकाले शून्यबाट शुरु गर्नुपर्छ। राष्ट्रिय शहरी नीति सरकार परिर्वतन भएको भएर शून्यबाट शुरु गर्‍यौं । यो भन्दा अगाडि भएका नीतिहरू शून्यबाट नै शुरु गरेका हौँ । मेरो ठाउँमा अर्को मन्त्री आयो भने पनि त्यो शून्यबाट नै शुरु हुन्छ', उनले भनिन्।

मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्ने कुरा पूर्वाग्रह मात्रै भएको बताइन्। उनले प्राधिकरणलाई खारेज नभएर प्राधिकरणले गर्ने कामको प्रक्रियालाई सुधार गरेर लैजानुपर्ने आवश्यकता रहेको जिकिर गरिन्।  मन्त्रीले प्राधिकरणले विकासको काम राम्रो गरोस् पनि भन्ने र खारेज पनि हुनुपर्छ भन्ने दुई वटा सोच राख्न नहुने स्पष्ट पारिन्।

उनले प्राधिकरणले आफू स्वायत्त संस्था भएको दाबी गरेपनि सरकारको बजेटमा आश्रित संस्था स्वायत्तता नहुने बताइन्। मन्त्री झाँक्रीले काठमाडौं उपत्यका मेयरहरूको फोरमले प्राधिकरणको खारेजको माग गर्नु राजनितिक एजेण्डा मात्रै भएको धारणा व्यक्त गरिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.