|

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर ४३ जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ३ हजार ५५५ जनामा गरिएको परीक्षणबाट ४३ जनामा कोरोना देखिएको हो।

आज १४ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर १ सय ८१ जना सक्रिय संक्रमित रहेका छन्। बिहीबार पनि ४९ जना कोरोना संक्रमित भेटिएका थिए। 

हालसम्म देशभर ९७ प्रतिशत जनसंख्याले कोभिडविरुद्ध खोप लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.