|

काठमाडौं : उपत्यकाका विभिन्न क्षेत्रमा चरणबद्ध रुपमा चोरी गर्ने सक्रिय गिरोह पक्राउ परेको छ। गत असार ६ गते नैकापको एक घरबाट गरगहना चोरेको आरोपमा पाँच जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

काठमाडौं अपराध अनुसन्धान कार्यालयले दोलखा घर भई काठमाडौं बस्ने नारायण श्रेष्ठ, लीला नारायण श्रेष्ठ, वीर बहादुर श्रेष्ठ र चोरीको सुन हो भन्ने थाहा हुँदा पनि खरिद गर्ने खोटाङ घर भइ टोखा बस्ने सौराज गजमेरलाई पक्राउ गरेको हो।

उनीहरूले असार ६ गते, २ गते, र चैत १२ गते चोरी गरेका थिए। उनीहरूको साथबाट मोबाइल ५ थान, तिलहरी २ थान, सिक्री १ थान, मंगलसूत्र ३ थान, रानीहार २ थान, औँठी १ थान, फुली १२ थान र टप १ जोर र पोतेसहित ५५९ ग्राम सुन रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.