|

काठमाडौं : प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा कृष्णप्रसाद लामिछाने चयन भएका छन्। जुन १७ देखि १९ सम्म बोस्टनमा सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनले लामिछानेको अध्यक्षतामा ३० सदस्यीय कार्यसमिति गठन गरेको हो।

उपाध्यक्षमा गोपाल कँडेल, मैया ढुंगाना, गोकर्ण दाहाल र भीम ओली चयन भएका छन्। त्यसैगरी अधिवेशनले सचिवमा छवि पाण्डे, उपसचिवमा नेत्र पाण्डे, उपसचिवमा कृष्ण आचार्य,गोविन्द खनाल र थोमस बास्तोलालाई चयन गरेको छ।

अमेरिकाका २४ राज्यको प्रतिनिधित्व गर्दै सदस्यहरूमा क्रमशः शंकर लुंगेली, मणि भण्डारी, भुवन अधिकारी, डिबी रावत, अजय कुसवाह, प्रकाश बस्नेत, प्रचण्ड श्रेष्ठ, सुनिलकुमार ताम्राकार, रामकृष्ण बजगाईँ, उपेन्द्र रावत, केदार पहारी, भीष्म आचार्य, दुर्गा बिक, नारायण ढुंगाना, दीपक सापकोटा, दीपक पाण्डे, विजय बगाले, शिव अधिकारी, घनश्याम खनाल र मोहनी डुम्रे निर्वाचित भए ।

अधिवेशनमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य, विदेश विभाग प्रमुख तथा प्रवास इन्चार्ज डा राजन भट्टराई, पूर्वपरराष्ट्रमन्त्री तथा पूर्वराजदूत महेन्द्रबहादुर पाण्डे, नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा प्रतिनिधिसभा संसदीय दलकी सचेतक शान्ता चौधरी, नेकपा (एमाले) विदेश विभाग सदस्य दिपेन्द्र श्रेष्ठ, प्रबासी नेपाली मञ्च, अन्तरराष्ट्रिय सल्लाहाकार प्रमुख संजय थापालगायतको उपस्थिति थियो।  

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.