|

काठमाडौं : अर्घाखाँचीको मालारानी गाउँपालिकामा पतिले पत्नीको हत्या गरी आत्मसमर्पण गरेका छन्।

मालारानी-२ डाँडाकटेरीका २७ वर्षका कमल भुसालले २७ वर्षीया पत्नी सरु भट्टराईको हत्या गरी इलाका प्रहरी कार्यालय खनमा आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख एवम् प्रहरी निरीक्षक अर्जुन पौडेलले थाहाखबरलाई जानकारी दिए।

पौडेलका अनुसार शुक्रबार दिउँसो करिब साढे २ बजे पतिपत्नी दुवैजना घरनजिकैको जंगलमा घाँस दाउरा लिन गएका थिए। जंगलमा पुगेर आफ्नै कम्मरमा बाँधेको गम्छाले पत्नीको घाँटीमा कसेर हत्या गरी नजिकैको खोल्सीमा स्याउलाले छोपेर कमलले ‘श्रीमतीको हत्या गरेँ’ भनेर आत्मसमर्पण गरेको प्रहरी निरीक्षक पौडेलले बताए।

उनका अनुसार घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ। हत्याको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.