|

काठमाडौं : कर्तव्य ज्यान तथा डाँका मुद्दामा संलग्न फरार अभियुक्त काठमाडौं महानगरपालिका–७ गौरीघाट बस्ने २५ वर्षीय विवेक मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ सुन्दरहरैँचा नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–७ कुमारीगाल बस्ने १९ वर्षीय उज्ज्वल काफ्ले मृत फेला परेको घटनामा उनी दोषी देखिएका थिए। प्रहरीको अनुसन्धानका क्रममा मल्लले २०७७ जेठ २९ गते मेथाडोन नामको औषधि खुवाउँदा काफ्लेको मृत्यु भएको खुलेको थियो।

त्यसपछि पनि काठमाडौंका विभिन्न ठाउँमा डाँका र चोरी मुद्दामा फरार भएका मल्ललाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उदयपुर कटारी नगरपालिका–६ चुहाडबाट पक्राउ गरी ल्याएको हो।

उनलाई थप कानूनी कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाएको कार्यालयले सूचना जारी गरी जानकारी दिएको छ।  

    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.