|

काठमाडौं :  नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले शनिबार नेपाल स्टार्ट अप फेस्ट- २०२२ आयोजना गर्दैछ।

राष्ट्रिय योजना आयोग, युवा तथा साना व्यवसाय स्वरोजगार कोष, नेपालस्थित भारतीय राजदूतावासको सहयोगमा मञ्चले स्टार्ट अप फेस्ट आयोजना गर्न लागेको हो। नेपालमा स्टार्ट अपलाई अभियानका रूपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्त्वपूर्ण अंगका रूपमा स्थापित गराउने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको हो।

स्टार्ट अफलाई अघि बढाउन सरकारले विभिन्न नीतिगत व्यवस्था गर्दै आएको र त्यसको सफल कार्यान्वयनका लागि मञ्चले रचनात्मक भूमिका निर्वाह गर्दै आएको जनाएको छ। व्यवसायका स्वरूप परिवर्तन भइरहेको र नयाँ क्षेत्रमा काम गर्ने सम्भावना रहेको हुँदा त्यसलाई प्रोत्साहन गर्ने अभियानको लक्ष्य छ।

स्टार्ट अपले लगानीका लागि परियोजनासहित प्रस्ताव मागेको छ। देशभरबाट ३०० बढी परियोजना प्रस्ताव आएको र तीमध्ये नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्च, लगानीकर्ताको टिमबाट छानिएका १० वटा प्रस्तावलाई प्रस्तुति गर्ने अवसर दिइनेछ।

परिस‌ंघले पुँजी लगानीको अवसर पनि प्रदान गर्ने जनाएको छ। यो कार्यक्रमबाट स्टार्ट अफ लाई पूँजी तथा प्राविधिक सहयोग प्रदान गरिनेछ भने लगानीकर्तालाई उत्कृष्ट परियोजनामा लगानी गर्ने अवसर दिइनेछ।

यो कार्यक्रममार्फत करिब ५० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आउने मञ्चको दाबी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.