|

काठमाडौं :  देशको संघीय राजधानी काठमाडौं उपत्यका मन्दिर नै मन्दिरको शहर हो।

काठमाडौंका पाइला पाइलामा अनेकौँ देवी देवताका मूर्ति भेटिन्छन्। कतै मन्दिर त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरूको अवस्था धेरै ठाँउमा दयनीय छ, जस्तो काठमाडौं शहरको अवस्था छ।

मन्दिरले चिनाएको काठमाडौंलाई अब फोहोरले चिनाउन थालेको छ। उपत्यकामा रहेका मन्दिर र मूर्तिहरू फोहोर जत्तिकै छरपस्ट बनाइएका छन्। यहाँ फुटपाथमा पाइलाले ठोकिने भगवानका मूर्ति भेटिन्छन्।

कतै रुख उम्रेर ढल्नै लागेको मन्दिर,पानीले खिइएका, अवीर र अक्षताको असरले प्वाल परेका मूर्ति पनि मन्दिरहरूमा छन्। तर, संरक्षण भने अझै भएको छैन।

जताततै लापरबाही छ। मन्दिर अनि मूर्तिको सुरक्षाका लागि डण्डीको बार मात्रै होइन यहाँ चोरीबाट बचाउन काँडेतार नै टाँगिएका भेटिन्छन्।

मन्दिर परिसरमा कतै पुनर्निर्माणका क्रममा टहरा बनाइएको छ भने कतै डण्डी बाँधेर छोडिएको देख्न सकिन्छ। फोहोर अनि झारैझारको बीचमा भगवानको मूर्ति देख्नु यो शहरका लागि नौलो कुरा होइन।

एकातिर खुला ठाँउमा मूर्ति बेवारिसे र दयनीय अवस्था देखिन्छ भने अर्कोतर्फ चोरीबाट बचाउन विभिन्न सावधानी अपनाइएको छ।

यहाँ सिसिटिभी जडान गरिएको छ। चोक चोकमा साइरन राखिएका छन्। तर मूर्तिको र मन्दिरको संरक्षण गर्न भने पहलकदमी हुन सकेको छैन। न्युज एजेन्सीले क्यामेरामा कैद गरेका केही तस्वीर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.