|

धनकुटा : ३ नगर र ४ गाउँपालिका रहेको धनकुटा जिल्लामा शुक्रबार ४ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छन्। दुईवटा स्थानीय तहमा विवाद उत्पन्न हुँदा बजेट प्रस्तुत हुन सकेन भने एउटा स्थानीय तहले आन्तरिक कारणले बजेट प्रस्तुतको मिति सारेको छ।

जसमध्ये धनकुटा र पाख्रिबास नगरपालिकामा बजेट घोषणा कार्य स्थगित भएको छ। धनकुटा नगरपालिकामा गठबन्धनमा आवद्ध दलहरुले बहिष्कार गरेपछि घोषणा कार्य स्थगित भएको जनाइएको छ।

धनकुटा नगरपालिकामा गणपूरक संख्या नपुगेको कारण स्थगित भएको बताइएको छ। धनकुटा नगर कार्यपालिका बैठकले चालु र पुँजीगत गरी करिब ६५ करोडको नीतिगत बजेट स्वीकृत गर्ने सहमति भएको थियो। तर नगर परिषदमा गठबन्धन दल अनुपस्थित हुँदा स्थगित भएको वडा नं. ४ का वडाध्यक्ष जम्शेर राईले बताए। स्थगित नगरपरिषद आगामी १३ गते आयोजना गरिने उनले बताए।

यता, वडा नं. ७ का वडाअध्यक्ष रोशेष श्रेष्ठले गाउँसभामा कार्यपालिका सदस्यलाई मात्र जानकारी आएको र न्यायिक समिति, नगर परिषद् सदस्य र नबोलाइएको कारणले गठबन्धनमा आबद्ध कार्यपालिका सदस्य पनि नगर सभामा नगएको जानकारी दिए।

यसैगरी, पाख्रिबास नगरपालिकामा उन्नत जातको बोका वितरणको सवालमा केही दिन अघिबाट विवाद भएको कारण घोषणा कार्य स्थगित भएको नगरप्रमुख ज्ञानबहादुर गुरुङले बताए। उनले उन्नत जातको बोका वितरण कार्यक्रम बजेटको कार्यक्रमअनुसार भएको र सोको माइनेट खाता उपप्रमुख नम्रता देउजा र वडा नं. ३ का वडाअध्यक्ष सरोज राईले खोसेर लगेका कारण विवाद आएको बताए। गुरुङले आगामी २२ गते नगरसभा डाकिएको जानकारी दिए।

यस्तै, साँगुरीगढी गाउँपालिकाले १९ गते गाउँसभा बोलाएको जनाएको छ। गाउँ कार्यपालिकाको बैठकले ५१ करोडको बजेट ल्याउने तयारी गरेको वडा नं. ६ का वडाअध्यक्ष यमप्रकाश मगरले जानकारी दिए। साँगुरीगढीमा भने विवाद नरहेको मगरले जानकारी दिए।

यता छथरजोरपाटी गाउँपालिकाले गत आर्थिक वर्षको भन्दा २ करोड ४७ लाख  ७१ हजार बढीको बजेट ल्याएको छ। गाउँपालिकाकी उपाध्यक्ष गिता गुरुङ्गले गाउँसभामा आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ४४ करोड ७४ लाख ८४ हजारको बजेट प्रस्तुत गरेकी छन्। जसमध्ये आन्तरीक आयबाट १ करोड, नेपाल सरकार बाट प्राप्त वितिय सामान्यीकरण तर्फ ९ करोड ४७ लाख, राजस्व बाडफाँड बाट ७ करोड ५३ लाख, ३४ हजार, संघिय सरकारबाट सशर्त अनुदान तर्फ २० करोड ६७ लाख, बिशेष अनुदान १ करोड, समपुरक अनुदान १ करोड ९० लाख प्राप्त हुने अनुमान गरिएको छ।

त्यस्तै, प्रदेश सरकार बाट वितिय समान्यी करण तर्फ ५१ लाख १५ हजार राजस्व बाडफाँडतर्फ ३० लाख ६१ हजार समपुरक अनुदान १ करोड, सशर्त अनुदान ७४ लाख ६० हजार आल्य ३४ लाख १४ हजार हुने अनुमान गरी गाउँपालिकाकी उपाध्यक्ष गुरुङ्गले बताइन्।

यता, महालक्ष्मी नगरपालिकाले ७२ करोड, सहिदभूमी गाउँपालिकाले ४४ करोड र चौबिसे गाउँपालिकाले ६४ करोड बराबरको बजेट  प्रस्तुत गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.