|

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का असन्तुष्ट मन्त्रीसहित ६ सांसदले हस्ताक्षर फिर्ता लिएका छन्। सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णयविरुद्ध संसदीय दलको बैठक माग गर्दै चार मन्त्रीसहित १० सांसदले ८ बुँदे मागसहित पार्टी नेतृत्वलाई ध्यानाकर्षणपत्र बुझाएका थिए। 

पर्यटनमन्त्री प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढाले हस्ताक्षर फिर्ता लिएको नेता सोमप्रसाद पाण्डेले बताए। 

उनले भने, ‘उहाँहरुले पत्र फिर्ता लिनुभएको छ। पार्टी अध्यक्ष महासचिवलाई दिनुभएको छ। हामीले पनि हस्ताक्षर फिर्ता गरेको पत्र पाएका छौँ।’ 

स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र सांसद निरा जैरुको मात्रै हस्ताक्षर फिर्ता लिएका छैनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.