|

जोनी ब्यरस्टो र जेमी ओभर्टनले न्युजिल्यान्ड - इङल्यान्ड टेस्टमा नयाँ कीर्तिमान बनाएका छन्। उनीहरूले ७ औं विकेटका लागि कीर्तिमानी साझेदारी गर्दै आफ्नो नाममा नयाँ कीर्तिमान बनाएका हुन्।

न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिजको तेस्रो टेस्टमा पहिलो इनिङमा जबाफी ब्याटिङ गरेको इङल्यान्डले २६४ रन बनाएर दिनको खेलको समाप्ति गरेको छ। जहाँ ब्यरस्टोले १३० रनको सानदार शतकीय इनिङ खेल्दा उनलाई जेमी ओभर्टनले ८९ रनमा साथ दिइरहेका छन्। पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले भने पहिलो इनिङमा ३२९ रन बनाएको थियो।

इङल्यान्डले दोस्रो दिनको स्टम्पसम्म ब्यरस्टो र ओभर्टन नटआउट रहँदा इङल्यान्ड ६ विकेट गुमाएर २६४ रन बनाएर मैदानमा रहेको छ। कीवी टिमका लागि ट्रेन्ट बोल्टले तीन विकेट लिँदा नाइल वेंगरले दुई विकेट लिए। त्यस्तै टीम साउदीले एक विकेट हात पारे। पहिलो इनिङमा इङल्यान्ड अब ६५ रनले पछि छ।

ब्यरस्टो र ओभर्टनले सातौं विकेटका लागि कीर्तिमानी साझेदारी गरेका छन्। यी दुई स्टारले जिम पार्क र माइक स्मिथले ६२ वर्ष अगाडि बनाएको कीर्तिमान भङ्ग गरे। पार्क र स्मिथले १९६० मा वेस्टइन्डिजविरुद्ध सातौं विकेटका लागि १९७ रनको साझेदारी गरे। ५५ रन जोड्दा ६ विकेट गुमाएको इङल्यान्डलाई यी दुईले शानदार लयमा थामेका थिए। ब्यरस्टो र ओभर्टनले दोस्रो दिनको समाप्ति सम्ममा २०९ रनको साझेदारी गर्दै कीर्तिमानी ब्याटिङ गरिरहेका छन्।

ब्यरस्टोको ५ हजार रन मिचेलले ९२ वर्षपछि रचे इतिहास

शतकीय इनिङको सहयोगमा जोनी ब्यरस्टोले टेस्ट क्रिकेटमा ५ हजार रन पूरा गरेका छन्। उनी यो उपलब्धि हासिल गर्ने २४ औं इङलिस ब्याटर हुन्। त्यसअघि न्युजिल्यान्डका डेरिल मिचेलले १०९ रन बनाउँदै उत्कृष्ट प्रदर्शन जारी राखे। उनी जारी टेस्ट सिरिजमा इङलिस भूमिमा लगातार तीन शतक बनाउने यो शताब्दीको पहिलो भिजिटर खेलाडी बने। यसअघि यो कीर्तिमान अस्ट्रेलियाका सर डन ब्रेडम्यान १९३० मा हासिल गरेका थिए। ब्रेडम्यानले इङल्यान्डलाई उसकै मैदानमा सिरिजमा लगातार तीन शतक प्रहार गरेका थिए।

मिचेलको यो इनिङको सहयोगमा न्युजिल्यान्ले पहिलो इनिङमा ३२९ रन बनाएको थियो। टवम ब्लन्डले ५५ रन बनाउँदै करिअरको छैटौं हाफ सेन्चुरी प्रहार गरेका थिए। इङल्यान्ड लागि लेफ्ट आर्म स्पिनर ज्याक लीचले ५ विकेट तथा स्टुआर्ट ब्रोडले ३ विकेट हात पारेका थिए। पहिलो २ टेस्ट जितेको इङल्यान्डले अन्तिम खेल अगावै सिरिज २० ले जितिसकेको छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.