|

काठमाडौं : प्रहरीले दिनदहाडै जुवातास खेलिरहेका ७ जनालाई काठमाडौं बूढानीलकण्ठ १० कपनबाट पक्राउ गरेको छ।

बूढानीलकण्ठ बालुवा खानी नजिकै जुवातास खेलिरहेकाे सूचनाका आधारमा आज दिउँसो २ बजे ८८ हजार ५१५ रुपैयाँसहित जुवाडेहरुलाई नियन्त्रणमा लिएको कपन प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरुमा बूढानीलकण्ठ २ का ५६ वर्षका कृष्ण काजी श्रेष्ठ, सोही नगरपालिका १३ का ५५ वर्षीय निरज गौतम, वडा नम्बर १० बालुवाखानी बस्ने ४७ वर्षका काले तामाङ, नुवाकोटका ३४ वर्षीय सूर्यबहादुर तामाङ, संखुवासभा  हटियाका २८ वर्षीय आङछिरिङ भोटे, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ का ४३ वर्षीय खड्क बहादुर गुरुङ र पर्साको भीष्मा गाउँपालिका ५ का ४७ वर्षीय राजीव कुमार रहेका छन्।

उनीहरुको साथबाट जुवा खेल्न प्रयोगमा आएको ६ बुक तास, बरामद नगदसहित व्यक्तिहरुलाई आवश्यक कारबाहीका लागि प्रहरी बृत्त बौद्ध पठाईएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.