|

वीरगञ्ज : पर्साको वीरगञ्ज महानगरपालिकाले पर्साका पत्रकारको निःशुल्क स्वास्थ्योपचारका साथै दुर्घटना बीमा गरिदिने भएको छ। पत्रकारको सुरक्षालाई दृष्टिगत गरी महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यसलाई समावेश गरेको हो।

महानगरको नीति सार्वजनिक गर्दै पत्रकारलाई भइपरी आउने स्वास्थ्य तथा दुर्घटनाको उपचार सहज बनाउन निःशुल्क स्वास्थ्योपचारका लागि दुर्घटना बीमाको व्यवस्था गरिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए।​

महानगरपालिकाद्वारा सार्वजनिक भएको आगामी आवको नीति तथा कार्यक्रममा अध्ययन, अनुसन्धान गर्न चाहने पत्रकारलाई अध्ययन भ्रमण र फेलोसिपको व्यवस्था गर्नुका साथै कार्यक्षेत्रमा उत्कृष्ट काम गर्ने पत्रकारलाई पुरस्कृत तथा सम्मानित गर्ने योजना पनि महानगरले अघि सारेको छ।

यसका साथै लोक कल्याणकारी विज्ञापनलाई समानुपातिक ढङ्गले प्रदान गरिने तथा फेलोसिप कार्यक्रमलाई पनि महानगरले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेको छ। सञ्चारकर्मीलाई सक्षम र व्यावसायिक बनाउन क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.