|

डोटी : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौंमा सोधेर जहाज कतिबजे आउँछ? भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त भएको बताएका छन्।

कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलमा निर्माण गरिने टर्मिनल भवन सुधार, व्यागेज हेन्डलिङ सिस्टम, वाटर फाउन्टेन, क्यानटिन र गेट निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री आलेले सुदूरपश्चिमका यात्रुहरुले प्लेन आउने नआउने विषयमा काठमाडौंबाट जानकारी लिनु पर्ने अवस्थाको अन्त भएको बताए।

उनले भने, “जहाज सञ्चालन कम्पनीले जहाँबाट वेस लिएको छ, यहीँबाट पहिलो उडान भर्नुपर्ने नियम लागू गराएको छु, अब धनगढीबाट पनि पहिलो उडान हुनेछ, जहाज आउने नआउने बारे काठमाडौंमा सोध्नुपर्ने छैन।”

मन्त्री आलेले भोलि असार १३ गतेबाट लागू हुने गरी आफ्नो बेस लिएका ठाउँबाट विमान सञ्चालक कम्पनीहरुले आफ्नो पहिलो उडान भर्नुपर्ने निर्णय लागू हुने बताए। अब गेटा विमानस्थलबाट पनि पहिलो उडान हुने उनको भनाइ छ।

सोही कार्यक्रममा बोल्नु हुँदै मन्त्री आलेले कैलालीको धनगढीस्थित गेटा विमानस्थलको स्तरोन्नती सहित क्षेत्रीय अन्तर्राष्ट्रि स्तरको बनाउनका लागि शुभारम्भ कार्य भएको जानकारी दिए।

ती संरचना निर्माणका लागि आन्तरिक स्रोतबाट रु १ अर्ब बजेट विनियोजन भएकाले तोकिएको समयमै निर्माण कार्य सम्पन्न गर्नसमेत निर्माण व्यवसायीलाई आग्रह गरे।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अध्यक्षसमेत रहेका मन्त्री आलेका अध्यक्षतामा बसेको बैठकले यसअघि गेटा विमानस्थल विस्तारका लागि रु १ अर्ब बजेट विनियोजन गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.