प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली (पूर्णपाठसहित)

|

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपालको संविधानमा आवश्यक संशोधन गर्न प्रस्ताव गरेका छन्। 

नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गर्दै जारी गरेकाे राजनीतिक प्रतिवेदनमा संविधान संशोधन गर्न प्रस्ताव गरेका हुन्। 

उनले प्रधानमन्त्रीका ठाउँमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको शासकीय स्वरुप अवलम्बन गर्नदेखि पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न प्रस्ताव गरेका छन्। 

राष्ट्रपति, मुख्यमन्त्री र पालिका अध्यक्ष पदमा मात्र स्वतन्त्र उम्मेदवारी दिन पाउने व्यवस्था गर्न माग गरेका छन्।  

शनिबार गौतमले आफूले तत्काली नेकपा विभाजन हुन नदिन सक्दो प्रयास गर्न नसकेकोमा पछुतो मानेको बताएका थिए।

शनिबार नेकपा एकता राष्ट्रिय अभियानको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भनेका थिए, ‘एउटा अध्यक्ष प्रधानमन्त्रीको विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने अर्कोले त्यसको बदलामा संसद् नै विघटन गर्ने काम गर्न हुँदैनथ्यो।‘

नेता गौतमले विभाजित भइसकेको अवस्थामा ओली र प्रचण्ड दुवैले पटक-पटक बोलाउँदासमेत आफू नगएको दाबी गरे। आफैँले निर्माण गरेको पार्टी जोगाउनकै लागि अहिले फेरि राष्ट्रिय अभियान निर्माणमा लागेको समेत उनले प्रष्ट पारे। 

हाल नेता गौतम नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रलगायतका कम्युनिष्ट पार्टीहरू एक हुनुपर्छ भन्ने मान्यता राख्दै आएका छन्।

पूर्णपाठ :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.