|

काठमाडौं : नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषमा सहभागीहरूलाई बचत रकममा १.५ प्रतिशत थप प्रतिफल प्रदान गर्ने भएको छ

कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका करिब २ लाख ९८ हजार सहभागीहरूलाई कोषको आर्थिक वर्ष २०७७-७८ सम्मको मुनाफाबाट १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिइने कोष संचालक समितिको असार ११ को बैठकले निर्णय गरेको हो।

कोषका अनुसार  ०७८ असार मसान्तसम्मको बचत रकममा संचित मुनाफाबाट एक दशमलव ५ प्रतिशतका दरले थप प्रतिफल दिँदा सहभागीहरुको खातामा कुल रकम १ अर्ब ७४ करोड रुपैँया जम्मा हुनेछ।

प्रतिफलबाट प्राप्त रकम कोषमा रहेको सहभागीहरुको खातामा जम्मा गर्ने व्यवस्था गरिसकेको पनि कोषले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.