|

२४ घण्टाको अवधिमा भारतमा कोरोनाबाट ११ हजार ७३९ जना भारतीय सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ४ करोड ३३ लाख ८९ हजार ९७३ जना पुगेको छ।

हाल भारतमा ९२ हजार ५७६ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ। सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको शून्य दशमलव २० प्रतिशत हो। 

पछिल्लो एक दिनमा १३ हजार २९ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या ४ करोड २७ लाख ७२ हजार ३९८ पुगेको छ। कोरोना निको भएको यो दर ९८ दशमलव ६० प्रतिशत रहेको छ।

२४ घण्टासम्म कोरोना सङ्क्रमणबाट २५ जनाको मृत्यु भएको थियो। कोरोना शुरु भएबाट हालसम्म यस महामारीको कारण ५ लाख २४ हजार ९९९ भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ।

भारतमा सन् २०२१ को जनवरी १६ मा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म १ अर्ब ९६ करोड ८० लाख मात्राभन्दा बढी खोप लगाइएको समाचारमा जनाइएको छ। यहाँ कोरोना सङ्क्रमण शुरु भएदेखि हालसम्म ८६ करोडभन्दा बढीको कोरोना परीक्षण भएको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.