|
फाइल फोटो

काठमाडाैं : नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले आगामी संघ र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारसँग माग गरेकी छिन्।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भुसालले प्रत्यक्ष निर्वाचनतर्फ समानुपातिक समावेशी प्रतिनिधित्वको लागि ५० प्रतिशत स्थानलाई सुनिश्चिता गर्नको लागि अबको निर्वाचनमा कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन्। 
 
उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन दलले ३३ प्रतिशत महिला उम्मेदवार बनाउन नसकेको बताइन्। संविधानले व्यवस्था गरेको समानुपातिक समावेशीतालाई सरकारले लागू गर्नुपर्नेमा जाेड दिइन्। 

‘समावेशी लोकतन्त्र सबैका लागि उपलब्धी र महत्वपूर्ण छ। संविधानले व्यवस्था गरेको व्यवस्थालाई व्यवस्थापन गर्नको लागि सरकारको ध्यानाकर्षण गर्न चाहन्छु। स्थानीय तहको निर्वाचनमा जुन हिसावले महिलाहरुले उपस्थिति प्रत्यक्ष निर्वाचनमा पाउनुपर्ने थियो त्यहाँ गठबन्धन दलको दृष्टि त्यहाँ नपुगेको देखिन्छ’ उनले भनिन्।

‘अबको संघ र प्रदेशको निर्वाचनमा दिगो विकास लक्ष्यको मान्यता राखेर अन्तर्राष्ट्रिय सन्धिहरु समावेशी उपलब्धिलाई साकार रुपबाट ल्याउनको लागि र हाम्रो संविधानको मौलिक हकमा पनि महिलाहरूबाट प्राप्त भएको उपलब्धिलाई कार्यान्वयन गर्नको लागि संघ र प्रदेशको निर्वाचनको प्रत्यक्ष निर्वाचनतर्फ समानुपातिक समावेशी प्रतिनिधित्वको लागि ५० प्रतिशत स्थानलाई सुनिश्चिता गर्नको लागि अबको निर्वाचनमा कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्था गर्न सभामुखमार्फत नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’

संघ र प्रदेशको निर्वाचनमा दिगो विकास लक्ष्यको मान्यता राखेर अन्तर्राष्ट्रिय सन्धिहरु समावेशी उपलब्धिलाई साकार रुपबाट ल्याउनको लागि र संविधानको मौलिक हकमा कार्यान्वयन गर्नको लागि भएपनि लागू हुनपर्ने बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.