|

हेटौंडा : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पुस्तिका सरकारलाई नै फिर्ता गरेको छ। एमालेले बजेट संशोधन गरेर आउनुपर्ने माग गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाइ बजेट पुस्तिका फिर्ता गरेको हो।

एमालेको उपाध्यक्षसमेत रहेकी संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले सरकारले बजेट सन्तुलित ढंगले नल्याएको, बजेटमा एउटै योजना धेरै ठाउँमा राखेको, मनलाग्दी ढंगले कर घटाएको जस्ता कुरा संशोधन भएर आउनुपर्ने बताइन्। उनले आफूहरुको माग सम्बोधन भएर बजेट संशोधन भएर नआएसम्म संसद चल्न नदिने बताइन्। एमालेले आजको प्रदेशसभा बैठक पनि अवरुद्ध गरेपछि भोलि बिहान ११ बजेसम्मको लागि स्थगित भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.