|
फाइल फोटो

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ४८ घण्टाको समय दिएर खाली मितिमा राजीनामा दिएको बताएका छन्। 

पर्यटन मन्त्रालयको विषयमा राष्ट्रियसभाको बैठकमा उठेको प्रश्नको जवाफ दिएपछि लागू हुनेगरी दुई दिनअघि नै पोलिटब्युरो बैठकमा राजीनामा बुझाएको बताइएका हुन्। 

राष्ट्रियसभाको बैठकमा जवाफ दिएर फर्कने बेलामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मैले २ दिनअघि नै ब्याक डेटमा अध्यक्षज्यूलाई राजीनामा दिइसकेको थिएँ, यहाँ सदनमा जवाफ त दिनुपर्‍यो नि! सदनमा आज जवाफ दिएपछि मेरो दायित्व पूरा भयो।’

पार्टीले नै सांसद मन्त्री बनाउने भएकाले पार्टीको निर्णय मान्नुपर्ने उनले बताए। उनले आफ्नो कार्यकालमा देश र जनताको पक्षमा राम्रो काम गरेको दाबी गरे। 

आफूले अध्यक्षलाई राजीनामा बुझाएको भए पनि अरू मन्त्रीबारे आफूलाई थाहा नभएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.