|

बैतडी : बैतडीमा छ महिनामा ३० वटा हिंसाका घटना भएको तथ्यांक सार्वजनिक भएको छ।

अनौपचारिक सेवा केन्द्र इन्सेकद्वारा प्रकाशन हुने नेपाल मानवअधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक समीक्षा गोष्ठी तथा मानव अधिकारको अवस्था सार्वजनिक विषयक कार्यक्रममा ३० वटा हिंसाका घटना भएको तथ्यांक सार्वजनिक भएको हो।

इन्सेक प्रतिनिधि नरी बडूका अनुसार जिल्लामा यो वर्ष अहिलेसम्म ३ बालिका बलात्कृत भएका, १ बालिका यौन दुर्व्यवहारको घटनाबाट पीडित भएको, ४ महिला बलात्कृत भएका र १ महिलाको परिवारबाटै हत्या भएको, २ महिला बहुविवाह र १९ महिला घरेलु हिंसाबाट पीडित भएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेकाे छ।

इन्सेकले आइतबार सार्वजनिक गरेको अर्धवार्षिक प्रतिवेदनमा जिल्ला कारागारमा कैदी र थुनुवा गरी क्षमता भन्दा तेब्बर कैदीबन्दी रहेका पाइएको छ। २५ जना क्षमता रहेको कारागारमा अहिले ८७ जना छन्। यस्तै जिल्लाका केही विद्यालयमा अझै पनि विद्यार्थीहरुले पाठ्यपुस्तकहरू नपाएका प्रतिवेदनमा उल्लेख गरिएको छ।

जिल्लाका स्वास्थ्य संस्थाहरुमा औजार उपकरण र आवश्यक पूर्वाधारहरु पनि पर्याप्त मात्रामा नभएको प्रतिवेदनले देखाएको छ। सरकारले निशुल्क गरेका सबै औषधीहरु पनि जिल्लाका स्वास्थ्य संस्थामा उपलब्ध छैनन्।

जिल्लास्थित सरोकारवाला निकायबीच भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले यस्ता कार्यक्रमले समस्याको समाधान गर्नमा सहयोग पुर्‍याउनुपर्ने बताए।

जिल्ला कारागारको भवनको लागि आफूले माथिल्लो निकायमा पहल गर्ने विश्वास दिलाए। सडक सुविधा नभएको कारागारमा सडक पुर्‍याउनको लागि नापजाँच पनि भएको उनकाे भनाई थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.