|

डडेल्धुरा : जिल्ला सदरमुकामको अमरगढी नगरपालिकालाई 'पूर्ण खोप सुनिश्चित' पालिका घोषणा गरिएको छ। आइतबार एक कार्यक्रमबीच नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो।

नगरपालिकाका ११ वटै वडाका बालबालिका खोपको पहुँचमा पुगेपछि नगरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशीले बताए।

स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधिहरूको अथक मेहनतले अमरगढीलाई पूर्ण खोप घोषणा गर्न सफल भएको नगरप्रमुख जोशीको भनाइ छ। ‘पालिकाले महत्वपूर्ण उपलब्धि हाँसिल गरेको छ। नगरभित्रका बालबालिका खोपबाट वञ्चित हुने छैनन्। स्वास्थ्य क्षेत्रलाई हामीले प्राथमिकता दिएका छौँ,’ उनले भने।

खोप पाउनु नैसर्गिक अधिकार भएकाले जिल्लालाई नै पूर्ण खोप घोषणा गर्न सबैले हातेमालो गर्नुपर्ने जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिंह भण्डारीले बताए। नगरलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्नमा महिला स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका खेलेका उनको भनाइ छ।

पूर्ण खोप घोषणामा सहयोग गरेका महिला स्वयंसेविकालाई सम्मान गरिएको छ। एउटा शिशुले जन्मेदेखि १५ महिनासम्म वीसीजी, डिपीटी, पोलियो, पिसिभी, एफआईपीभी, दादुरा, रोटा र टाइफाइडविरुद्धको खोप लगाउने गरेको अमरगढी स्वास्थ्य शाखा प्रमुख गणेश बिष्टले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.