|

हेटौंडा : बागमती प्रदेशसभाको बैठक आज बिहान ११ बजेलाई बोलाइएको छ। 

हिजो बसेको बैठक एमालेका सांसदहरुले आफुहरुको माग पूरा नभएसम्म चल्न नदिने भन्दै अवरोध जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरी आजको लागि बोलाएका हुन्। 

बैठकमा प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूचि छ। नेकपा एमालेको भने प्रदेश सरकारले ल्याएको बजेट विभेदकारी रहेको र सबै जिल्लालाई समानरूपमा सम्बोधन गर्न नसकेको भन्दै बजेट संशोधनको मागसहित एमालेले बैठक अवरुद्ध गर्दै आएको छ। 

बजेटमा मुख्यमन्त्री र अर्थमन्त्रीको जिल्लालाई बढि प्राथमिकता दिएको प्रतिपक्षी एमालेको आरोप छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.