|

काठमाडौं : थिएटर भिलेजले चर्चित साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ मा आधारित भएर नाटक मञ्चन गर्ने भएको छ। 

विमल सुवेदीको डिजाइन र डिरेक्सन अनि जेनी सुनुवारको सहायक निर्देशनमा आगामी असार १७ गतेदेखि १९ सम्म, मात्र तिन दिनका लागि, शिल्पी थिएटरमा उक्त नाटक मञ्चन हुने भएको हो। 

नाटकको प्रमुख भूमिकामा भारतीय रङ्गकर्मी अनुराधा मजुमदार काठमाडौं आइसकेको र नाटकको तयारी तीव्र गतिमा भइरहेको थिएटर भिलेजले जनाएको छ।

साबिती नाटक थिएटर भिलेजले पहिलोपल्ट २०७० मा यसै नाटक मार्फत शताब्दीपुरुष श्री सत्यमोहन जोशीको सम्मानमा उनको नामबाट ‘सत्यमोहन जोशी नाटकघर’ उद्घाटन गरी आफ्नो कला यात्रा सुरु गरेको थियो। 

तर प्राविधिक कारणले उक्त नाटक पहिलो सो नसकिँदै रोकिएको थियो । त्यसपछि सन् २०१९ मा यही नाटक नयाँ दिल्लीस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा साउथ एसियन युनिभर्सिटीमा मञ्चन भएको थियो। त्यही वर्ष भारतको जम्बुमा भएको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि यसले सहभागिता जनाएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.