रौतहट : रेज इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको वेब सिरिज ‘आरती’ को रौतहटमा छायांकन शुरु भएको छ। आशिष दासको निर्माणमा रोशन दासको कथालाई हिक्मत शर्माले लेखेका छन् भने दासको निर्देशन र नितेश घतानले छायांकन गरिरहेका छन्।
सिरिजमा अधिकांश नयाँ कलाकार छन्। राज पौडेल, गीता श्री, नूतन, निशा गिरी, हरि कंडेल, खेमराज कोइरालाको अभिनय हेर्न सकिन्छ।
भोजपुरी कलाकारको पनि अभिनय हेर्न पाईनेछ। निर्देशक दास भन्छन्, ‘वर्तमान समयसँग मेल खाने विषयवस्तु भएकाले उत्साहित छु, साथै सामाजिक कथा भएकाले सबैले मन पराउनुहुन्छ भन्ने अपेक्षा छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।