'पार्टी एक्लै लडेको भए अहिलेभन्दा तेब्बर मत ल्याउँथ्यो’

|

काठमाडौं : नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीले २० लाख मत प्राप्त गर्नुपर्ने बताएका छन्। पार्टीको केन्द्रीय परिषद्को बैठकमा बोल्दै आगामी निर्वाचनमा पार्टीले २० लाख मत प्राप्त गर्ने दाबी गरेका हुन्। 

स्थानीय तह निर्वाचनमा पार्टीले २८ प्रतिशत ठाउँमा उम्मेदवार खडा गरेको र ९ लाख मत प्राप्त गरेको उल्लेख गरे। 

‘हामीले यसपटक झन्डै २८ प्रतिशत मात्रै ठाउँमा उम्मेदवार खडा गरेका थियौँ  २८ प्रतिशत उम्मेदवारबाट झन्डै ९ लाख मत हामीले प्राप्त गरेका थियौँ। २८ प्रतिशत उम्मेदवार खडा गर्दाखेरी हामीले ९ लाख मत प्राप्त ग¥यौँ भने यदी हामीले सबै ठाउँमा उम्मेदवार खडा गरेको भए यो भन्दा दोब्बर, तेब्बर मत प्राप्त गर्न सक्ने थियौँ’ उनले भने, ‘कम्तिमा पनि २० लाखको सेरोफेरोमा हामीले मत प्राप्त गर्नसक्ने थियौँ।’

स्थानीय तहको निर्वाचनले प्रतिनिधि सभा र प्रदेश सभामा केही सिटहरु सुनिश्चित भएको दाबी गरे। 

उनले विश्व शक्ति राष्ट्रहरुका बीचमा द्वन्द्वका खतराहरू देखिएको भन्दै त्यसमा नेपाल सजग हुनुपर्ने बताए। नेपाली जनतामा देशभक्तिको भावना बलियो बनाउन सकेमा शक्तिराष्ट्रहरूको आन्तरिक द्वन्द्वबाट नेपाललाई बचाउन सकिने बताए। 

देशभक्तिको पक्षमा जनमत तयार गर्नु र देशभक्त जनतालाई आफ्नो वरपर गोलबन्द गर्नु पार्टीको जिम्मेवारी रहेको पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.