|

काठमाडौं : साताको पहिलो दिन आइतबार ९४.९२ अंकले बढेको नेप्से परिसूचक सोमबार गिरावट आएको छ।

लामो समय ओरालो लागिरहेको नेप्से आईतवार एक्कासी उच्च अंकले बढेको थियो। तर सोमबार नेप्से परिसूचक २३.८५ अंक घटेर १९३३.१३ बिन्दुमा झरेको छ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.०२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.६४ अंकले घटेको छ।

सोमवार कारोबारमा आएका २२९ कम्पनीको ५६ लाख ४१ हजार कित्ता शेयर २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। आइतबारको तुलनामा नेप्सेसँगै कारोबार रकमसमेत गिरावट आएको छ। आइतबार २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये दूई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमा लगानी र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.५१ प्रतिशत घटेको छ। 

नेप्से परिसूचक गिरावट आए पनि सोमबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा सिवाईसी लघुवित्त र न्यादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यता उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य १० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा १५ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ। हिमालयन डिष्टिलरीको ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.