|

धनगढी : कैलालीको बुढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर लुटपाट गर्ने तीनजना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको गोदावरी नगरपालिका-४ स्थित बुढीतोलामा कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो। 

भारतको हरियाणा सोनीपथ बस्ने भगतसिंह, सोही ठाउँ बस्ने शाहिल बादलिसे र सन्नी जाँटलाई लुटपाट र कुटपिटको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले थाहाखबरलाई बताए।

उनीहरुलाई गोदावरी नगरपालिका १ स्थित भित्री सडकको जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले बताए।

यसअघि गोदावरी नगरपालिका- १ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने सडकखण्डमा कार फेला परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.