|

सोलुखुम्बु : सोलुखुम्बुमा पत्नी करणीको आरोपमा एक जना पक्राउ परेका छन्।

पत्नीलाई जबरजस्ती करणी गरेको आरोपमा गोरखा पालुङटार नगरपालिका वडा नम्बर ७ का २६ बर्षीय अनुज खड्का भनिने विजयराज छिनाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

पटक पटक श्रीमतीलाई यातना दिएको तथा करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुनिल जंग शाहले जानकारी दिए।

शुक्रबार सदरमुकाम सल्लेरीबाट पक्राउ परेका छिनाललाई आइतवार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएकाे प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.