|

काठमाडाैं : नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।

सोमबार मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा रहेका स्वयम्भू र हनुमान ढोकालाई जोड्ने हेरिटेज मार्ग बनाउनमा विशेष जोड दिने बताएका हुन्। उनले आफू सांसद भएदेखि सुरु भएको काम पूरा गर्न हस्ताक्षर गरेको बताए।

उनले कोरोना महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको र त्यसलाई उकास्न अध्ययन प्रतिवेदनसमेत तयार भइसकेकाले ती प्रतिवेदनका आधारमा ७ दिनभित्र कार्यान्वयन गरेर जाने विषयमा हस्ताक्षर गरेको पनि बताए।

उनले पर्यटन क्षेत्र माथि उठाउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता पनि जनाए।

उनले भने, ‘मैले दुईवटा निर्णयहरूमा हस्ताक्षर गरेको छु। एउटा उपत्यकाको सांस्कृतिक सम्पदाहरूको ठाउँको रुपमा चिनिन्छ। त्यसैले यी ठाउँको महत्वलाई अझ झल्काउने गरी पर्यटकहरूलाई पनि आकर्षित गर्ने र बढाउन सक्ने गरेर यहाँका सम्पदाहरू जोड्ने किसिमबाट ट्रेलहरु निर्माण गर्नको लागि अध्ययन गर्ने विषय छ। हनुमान ढोका र स्वयम्भू विश्व सम्पदा सूचीमा रहेका ठाउँहरु हुन्। यी दुई ठाउँलाई जोड्ने गरेर सम्पदा मार्ग बनाउने भनेर धेरै काम भइसकेको छ। त्यो कामलाई प्रारम्भ गर्ने भन्ने अर्को विषय हो। पर्यटक वृद्धिलाई उच्च प्राथमिकता दिएर पर्यटन क्षेत्रलाई कसरी चलायमान बनाउन सकिन्छ? यस बारेमा विशेष पहल गर्नेछु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.