|

काठमाडौं : नवलपरासी जिल्ला अदालत बार एसोसियसन इजलाशबाट ‘गेट आउट' भन्दै 'उजुरी गर्न न्यायपरिषदमा जान’ चुनौती दिने न्यायाधीश अशोककुमार बस्नेतको पक्षमा उभिएको छ।

अधिवक्ता अमर बहादुर शाहमाथि इजलासमा भएको दुर्व्यवहारको घटना थाहाखबरबाट सार्वजनिक भएको विषयमा गम्भीर भएको बारले विज्ञप्ति निकालेर जनाएको छ। नेपाल बार एसोसिएसन र न्यायपरिषदमा उजुरी परेको बिषयमा मौन रहेर निकालिएको विज्ञप्तिमा कुनै अमुक मुद्दाको बहसको क्रममा अमुक कानून व्यवसायी र न्यायाधीशबीच हुने घटना भनिएको छ।

यसले न्यायपालिकाको गरिमा, मर्यादा र जनआस्थामा आँच नपुग्ने भन्ने विज्ञप्तिमा कानुन व्यवसायी र इजलाशबीचको सामान्य असमझदारीबाट उत्पन्न हुने बिषय संवादमार्फत समाधान हुने अध्यक्ष अधिवक्ता चुराबहादुर थापा र सचिव अरुणोदय प्रसाद उपाध्यायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अदालतका श्रेष्तेदार प्रेम पौडेलले इजलाशमा भएको विवादको बिषयमा बार एसोसिएसनले संवाद गरिरहेको बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.