|

विराटनगर : यौन दुर्व्यवहारको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर–५ स्थित कान्तिपुर इन्स्टिच्युटका सञ्चालक गुणानन्द महतोलाई यौन दुर्व्यवहारको आरोपमा आज पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रोजेक्टको काम लिएर इन्स्टिच्युटमा आएकी युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार पीडितले दिएको जानकारीका आधारमा महतोलाई पक्राउ गरिएको हो।

‘पीडित बच्ची इन्स्टिच्युटमा पढ्ने रहेछिन्, त्यहाँ बिहान साढे ६ बजे इन्स्टिच्युटको अफिस कोठामा दुर्व्यवहारको गरे भन्ने छ,’ डिएसपी श्रेष्ठले भने, ‘महतोलाई आज नै पक्राउ गरी अनुसन्धान भइरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.