|

धादिङ : खनियाबास गाउँपालिका–२ अक्थलीका दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। खनियाबास गाउँपालिका–२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ र अविनाश तामाङलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले उनीहरू बस्ने डेरामा खानतलासी गर्दा म्यागजिनसहित पेस्तोल, खुकुरीसमेत बरामद भएको जानकारी दिए।

आरोपितहरूले हतियार राखेर डरधम्की दिने गरेको आरोपपछि प्रहरीले खोजतलास गरेको थियो। आरोपित दुवैलाई हातहतियार तथा खरखजानाअन्तर्गत अनुसन्धान गरी मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.