महोत्तरी : प्रहरीले नेपाल भारत सीमा क्षेत्र नजिक जलेश्वर नगरपालिका–५ बाट कागजपत्र नभएको तीन भारतीय गाडीसहित तीन भारतीय युवालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भारतको बिहार राज्यको सीतामढी जिल्लाको केशवरपुर ग्रामपञ्चायत–३ का २४ वर्षीय अमरेश कुमार, बैरगामा ग्रामपञ्चायत–९ बस्ने २८ वर्षीय लालबाबु राय र २५ वर्षीय सुनिल कुमार पक्राउ परेका हुन्। उनीहरू गाडीको कागजपत्र र नेपाल प्रवेश गर्ने भन्सार अनुमतिपत्र बिना नै यहाँ प्रवेश गरेका थिए।
उनीहरू चढेर आएको दुईवटा गाडी र एक मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ। बीआर ०६ बीवाई ५५४५ र डीएल ९ सीक्यूएस २६८१ नम्बरको दुईवटा मारुती सुजुकी कार र बीआर ३० एम ७५७४ नम्बरको मोटरसाइकल लिएर नेपाल आएका तीनै जनालाई प्रहरी चौकी चौरिया र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।