|

सिरहा : बोक्सी भन्दै छिमेकी महिलालाई मलमूत्र खुवाएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। भगवानपुर गाउँपालिका–४ ठाडी की ३० वर्षीया फुलोदेवी साह र ५५ वर्षीया कोशिला साह पक्राउ परेका हुन्। 

गत शनिबार स्थानीय ६० वर्षीया आतिकादेवी कामैतलाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सिरहाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र साहले पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर बोक्सी आरोप कसुर मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.