एमालेको नेतृत्व नसच्चिएसम्म वाम गठबन्धन हुँदैन

|

नेकपा एकीकृत समाजवादी पार्टीले सरकार रहेका मन्त्रीहरु हेरफेर गरेको छ। सरकारबाट आठ महिने कार्यकाल बिताएर फर्किनेमध्ये एक हुन्, पूर्व शहरी विकास मन्त्री रामकुमारी झाक्री। 

उनी मन्त्रालयबाट बाहिरिने क्रममा भावुक भएर धुरुधुरु रोएको कारणले चर्चामा छिन्। एमालेबाट विद्रोहमा माधव नेपाललाई बलियो साथ दिँदा पनि उनी उस्तै चर्चामा थिइन्। 

अहिले पार्टीले सरकारबाट फिर्ता बोलाएपछि नेतृत्वसँग रुष्ट छिन्, झाक्री । पूर्वनिर्धारित योजनाअनुरूप सरकारबाट बाहिरिँदा किन पार्टीप्रति असन्तुष्टि बढ्यो? पार्टीको निर्वाचनको तयारी कस्तो छ? गठबन्धनको भविष्य र वाम एकतालगायतका विषयमा केन्द्रित रहेर पूर्वमन्त्री तथा एकीकृत समाजवादीकी सचिवसमेत रहेकी झाक्रीसँग थाहाखबरकर्मी रमेश पराजुलीले गरेको कुराकानी– 

सरकारबाट बाहिरिँदै गर्दा तपाईँको विदाइ कार्यक्रमलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन्। त्यसलाई कसरी लिनुहुन्छ? 

मेरो कामसँग सम्बन्धित टिप्पणी गरिएको भए फरक कुरा हुन्थ्यो। आठ महिनाको अवधिमा सरकारमा रहेर कहाँ, कति र कस्तो काम गरेँ भन्ने खालको टिप्पणी भएका छैनन्। खाली बदनाम गर्ने नियतका साथ भनेका छन् भने त्यसको जवाफ कहिल्यै दिनै पर्दैन।

मेरो प्रस्तुतिलाई लिएर कसैले केही भन्नुभएको छ भने त्यो पनि ठूलो कुरा छैन। किनभने मैले आठ महिना काम गरेको मैले प्रस्तुत गर्न नसकेको वेलामा साथीहरूले सहयोग गर्नुभयो। त्यो साथीहरूको संगतले अलिकति ‘इमोसनल’ हुनु स्वाभाविक हो। त्यसबारे मैले अधिकांश ठाउँमा भनि पनि सकेँ। अस्तिदेखि मैले बोलेको कुरा पनि त्यही छ।

मान्छेमा कुनै न कुनै कमजोरी हुन्छ। मेरो भावनासँग कसैले कुरा गरे भने त्यसमा एकदमै भावुक हुने धेरै इमोसनल हुने र त्यसलाई कन्ट्रोल गर्न नसक्ने त्यो खालको कमजोरी मसँग रहेछ। जुन कुरा मैले लुकाउन सकिनँ। 

तपाईँहरूलाई सरकारबाट बाहिरिन साह्रै मुस्किल पर्‍याे। त्यसैले पार्टी नेतृत्वप्रति असन्तुष्टि बढेको हो? 

जेठ १५ गते संसदमा बजेट प्रस्तुत भएको थियो। १९ गतेतिर अर्थ मन्त्रालयले मन्त्रालयगत बजेको शीर्षकमा विनियोजित भएको बजेटलाई मन्त्रालयले हेर्न भन्यो। त्यसपछि हामीले आफ्नो मन्त्रालयको बजेटमा के भएछ हेर्न, किताब छाप्ने र संसदमा त्यसबारे छलफलमा जाने तयारी गरिरहेका थियौँ। त्यही वेला मन्त्री फिर्ता बोलाएर नयाँ पठाउने भन्ने निर्णय पार्टीले गरेको मिडियाबाट थाहा भयो।

सानातिना नैतिक कसुर गरेकालाई त अध्यक्षज्यूले छोपछाप गरेरै राख्नुभएको थियो। ‘बोलीमा लगाम लगाउनु हाहा...’ भन्दै हावामा उडाउनु भयो। यसले  पार्टीलाई नैतिक  संकटमा पारेकाे थियाे।

त्यसपछि अध्यक्षले बोलाउनु पनि भएको थियो। बजेटसम्बन्धी छलफल चलिरहेका वेला मन्त्री हटाउन कि कसुर गरेको हुनुपर्‍याे। सानातिना नैतिक कसुर गरेकालाई त अध्यक्षज्यूले छोपछाप गरेरै राख्नुभएको थियो। ‘बोलीमा लगाम लगाउनु हाहा...’ भन्दै हावामा उडाउनु भयो। यसले  पार्टीलाई नैतिक संकट पारेकाे थियाे। तर अरू बाँकी त निर्दोष आफ्नो ढंगले काम गरिरहेका थियौँ। त्यो वेलामा उहाँले हटाउने भन्ने कुरा गर्दा असन्तुष्टि रहनु सामान्य नै हो। त्यसमा उहाँको अडान थियो, पालैपालोको।

त्यो पनि हामीलाई भनिएको थिएन। प्रेम आलेले पालैपालो मन्त्री हुन्छु भन्ने प्रतिबद्धता जनाएर पहिलो चरणमा मन्त्री भएको भन्दै भनेर गठबन्धनको नेता र आफू पनि भन्दै हिँड्थे। हामीलाई भनेको पनि थिएन। नभनेको विषयले पनि हामीलाई फरक परेन। पार्टीले निर्णय गरेपछि फिर्ता हुने कुरामा।

हाम्रो एकमात्रै शर्त भनेको बजेटमा यति धेरै काम गरेका छौँ, प्रतिनिधि र राष्ट्रियसभामा उठेको प्रश्नको जवाफ दिन्छौँ भन्ने मात्रै थियो। हामीले गरेको कामबारे बताएर छाड्छौँ भनेका मात्रै थियौँ। तर उहाँले त्यो समयलाई उहाँले पर्खिन सक्नुभएन। हामीलाई सरकारबाट बाहिर ल्याएर नयाँ मन्त्री पठाउन उहाँले आफ्नो नचाहिने तागत लगाउनुभयो।

मैले प्रतिनिधिसभामा २९ गते जवाफ दिएँ। राष्ट्रियसभामा ६ गते प्रस्तुत भयो। १२ गते जवाफ दिएँ। हामीले मौखिक मात्रै नभएर लिखित रूपमा पनि आफ्नो मन्त्रालयगत उठेका प्रश्नको जवाफ दिएर छाड्छौँ भनिराखेकै थियौँ।

तर उहाँहरूले हामीलाई बदनाम गर्ने आफ्नो कमजोरी ढाकछोप गर्नु जुन काम गर्नुभयो त्यो कुरा चाहि नेतृत्वको अपरिपक्वता, पूर्वाग्रह भन्न सकिन्छ। हामीले जुन कुरा भनिरहेका थियौँ। त्यो गरेर पनि देखाइसकेका छौँ। तर उहाँले यतिसम्म कि स्वास्थ्य मन्त्रीलाई त बजेटबाट उठेका प्रश्नको जवाफ दिने मौका पनि दिनुभएन। 

तपाईँलाई सरकारमा जाँदा ६ महिनाका लागि मात्रै हो भन्ने जानकारी थिएन? 

प्रेम आलेले ६/६ महिना हुन्छौँ भनेर ६/७ जना सांसद लिएर हिँड्नुभएको थियो। मेरो हातमा यति मान्छे छन् भनेर। ती मान्छेलाई टिकाउनका लागि होला सायद ६/६ महिना आलोपालोको भनेर आलेले भनेर हिँडेको हामीले सुनेका हौँ।

उहाँले गठबन्धनका नेताहरूलाई भनेको पनि देखेका हौँ। तर हामीलाई नै नभने पनि पार्टीले भनेपछि पहिला किन नभनेको भन्ने प्रश्न हुँदैन। पार्टीले जुनसुकै वेलामा फिर्ता गर्न सक्छ। फिर्ता हाैँ भनेपछि हुनु पनि पर्छ। त्यसमा हामी प्रतिबद्ध नै छौँ। 

पार्टीकाे बैठक बस्यो तपाईँ पुगे पनि अरु नेता पुगेनन् नि!

स्वास्थ्यमन्त्री आइतबार बजेटमा जवाफ दिने पालो भएर नजानुभएको हो। तर संसदमा जवाफ दिने पालमा मन्त्रीलाई हटाइयाे। यता अर्को मन्त्रीले सपथ खाँदैछ। सायद स्वास्थ्य मन्त्रीको तर्फबाट संसदमा जवाफ दिने काम पनि भएन। हिजो स्वास्थ्य राज्यमन्त्री बढुवा भएर मन्त्री भएर आएको भएकाले मन्त्रालयबाटै स्वागत गर्ने भनेर बस्नुभएको थियो। तर ढिलो गरेर आउनुभयो। अरु मन्त्रीबारे त थाहा भएन। त्यतिखेरै असन्तुष्टि त होइन होला नै भन्ने लाग्छ। 

पार्टीभित्र असन्तुष्टि बढेकै वेलामा महिला नेतृत्वमा पार्टी गठनको कुरा बहसमा ल्याउनुभयो। त्यतातिर सोच्नुभएको हो? 

रवि लामिछानेजीले एउटा पार्टी खोल्नुभयो, स्वतन्त्र नाम गरेको। स्वतन्त्र नाम गरेको पार्टी खोल्न पाइन्नँ भन्ने बहस चल्यो। स्वतन्त्रबाट उठ्नेहरूलाई रविजीको पार्टीको ट्याग लागेजस्तो हुन्छ। त्यसैले दर्ता गर्नुहुन्न भन्ने निर्वाचन आयोगमा उजुरी पनि परे। त्यही पृष्ठभूमिमा ३/४ जना मन्त्रीसँगै नै थियौँ।

सबै आ-आफ्नो कुरामा थिए मैले त्यहाँ भने हामीले कम्युनिष्ट पार्टी जर्मनबाट ‘कपी पेस्ट’ गरेरै ल्याएका हाैँ। त्यही छलफलकाे क्रममा फिलिपिन्समा The Gabriela Women's Party भन्ने छ भनेर भनेँ।  त्यही मैले गुगल क्रममा सर्च गरेर तथ्यहरू निकालेको थिए। त्यही क्रममा प्रेम आलेले मेरो फेसबुकबाट पोष्ट गर्दिनुभएकाे हाे।  त्यसमा अरु धेरै सोच्नुपर्ने केही होइन। 

प्रसंग मोडौँ, अब प्रदेश र संघको निर्वाचन आउँदैछ पार्टीले तयारी कस्तो गर्दैछ? 

भर्खरै सचिवालय, पोलिटब्युरो, स्थायी कमिटी, केन्द्रीय कमिटी र केन्द्रीय परिषद्को बैठक बस्यो। त्यही बैठकको निर्णय र योजनाको आधारमा हामी लाग्छौँ। हामीले सोचेजस्तो परिणाम ल्याउँछौँ भन्ने स्थानीय तहको नतिजाले पनि देखाइसकेको छ। 

हामीले एमालेबाट विद्रोह गर्दा जुन एजेण्डा राखेका थियौँ, त्यो परिर्वतन भएको छैन। दुई/दई पटक संसद विघटन गर्नु गलत थियो। संवैधानिक अंगहरू निष्प्रभावी हुनेगरी प्रभावित गर्नु गलत थियो।

स्थानीय तहको नतिजालाई समीक्षा गरेर जाँदा आगामी निर्वाचनमा गठबन्धनको विकल्पबारे के सोच्नुभएको छ? 

आजसम्मको पार्टीको निर्णय गठबन्धनमा जानुपर्छ। तर सम्मानजनक हुनुपर्छ भन्ने नै हो। गठबन्धनभन्दा बाहिर पार्टीले मात्रै नभएर व्यक्तिहरूले पनि सोचेजस्तो लाग्दैन। तर पार्टीको परिस्थिति पनि गठबन्धनभन्दा बाहिर सोच्ने खालको छैन। 

कांग्रेसबाहेक अरु पार्टीको गठबन्धनबारे पार्टीको शीर्ष तहमा छलफल चलेको हो? 

पार्टीगत रूपमा छलफल भएको जानकारी छैन। बाहिरबाट कांग्रेसबाहेकको गठबन्धनबारे पनि छलफल भएको होला। तर हामीले कांग्रेससहितको गठबन्धन नै गर्नुपर्छ भनिरहेका छौँ। 

वाम गठबन्धन र एकताको पनि चर्चा चलिरहेको छ। त्यसको सम्भावना कस्तो छ? 

वाम पार्टीमध्ये सबैभन्दा ठूलो पार्टी एमाले नै हो। हामीले एमालेबाट विद्रोह गर्दा जुन एजेण्डा राखेका थियौँ। त्यो परिर्वतन भएको छैन। दुई/दई पटक संसद् विघटन गर्नु गलत थियो। संवैधानिक अंगहरूलाई निष्प्रभावी हुनेगरी प्रभावित गर्नु गलत थियो। संवैधानिक संकट ल्याउनु गलत थियो भन्ने तहसम्म एमालेको नेतृत्व नपुगेसम्म तत्काल वाम गठबन्धन र एकताको सम्भावना छैन। त्यो विषय कतै प्रवेश र छलफल भएको पनि छैन। 

तपाईँको पार्टी प्रवक्ताले एमालेसँग सहकार्यको गर्न केही शर्त राख्नुभएको थियो नि!

पार्टीमा त्यस्तो निर्णय भएजस्तो लाग्दैन। तर प्रवक्ताले भनेपछि निर्णय नै मान्नुपर्छ। छलफलमा मैले पनि भाग लिएको थिएँ। एमालेसँग छलफल गर्ने भन्नेबारे कुनै कुरै पार्टीभित्र भएको छैन। यही पार्टीलाई एमालेभन्दा क्रान्तिकारी र ठूलो बनाउने योजना लिएर हिँडेका छौँ।

अहिले हाम्रो अभियान भनेको एकीकृत समाजवादी पार्टीलाई निर्माण गर्ने नै हो। एमालेमा लगेर समाजवादीलाई मिसाउने वा माओवादीमा लगेर मिसाउने भन्ने एजेण्डा होइन। कार्यकर्ताको तहसम्म बुझ्दा त्यो मनस्थिति पनि छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.