|

जनकपुर : प्रहरीले जनकपुरधामबाट पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। जनकपुरधाम उपमहानगरपालिका–९ का ३७ वर्षीय मनिषकुमार अधिकारी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अमेरिकी पेस्तोलसहित अधिकारीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

उनको घर खानतलासी गर्ने क्रममा भान्सा कोठामा लुकाइ राखेको अवस्थामा एक थान पेस्तोल र एक राउण्ड गोली बरामद भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.